२ कार्तिक २०८३, सोमबार

प्रश्नावली समितिले संविधानसभामा प्रस्ताव बुझाउदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sambidhan sabha vwan

काठमाडौं २१ माघ । संविधानका विवादित विषयमा सहमति जुटाउन गठन गरिएको प्रश्नावली प्रस्ताव समितिले आज(बुधबार) संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई प्रस्ताव बुझाउदै छ ।

बुधबार समितिको म्याद सकिन लागेकाले संविधानकोसभाको बैठक विहीवार मात्रै बस्ने भएपनि अध्यक्ष नेम्वाङ समितिले आंशिक प्रस्ताव बुझाउदै समय बढाउन माग समेत गर्दैछ ।

अग्नि खरेलको ९ सदस्यीय प्रश्नावली मस्यौदा उपसमितिको मस्यौदालाई अन्तिम रुप दिएर प्रश्नावली समितिले संविधानसभामा पेश गर्ने सदस्य रमेश लेखकले जानकारी दिनुभयो । ‘छोटो समयमा आंशिक प्रश्नावली मात्रै बुझाउने तयारीमा छौं, अहिले पनि बैठक चलिरहेको छ,’ उहाँले भन्नुभयो । उहाँका अनुसार प्रश्नावली मस्यौदा उपसमितिको बैठक बुधबार बिहानैदेखि बसिरहेको छ । उप–समितिले प्रश्नावली तयार पारेपछि प्रस्ताव समितिको बैठकमा पेश गरिने छ । प्रस्ताव समितिले उप–समितिको आंशिक प्रस्ताव संविधानसभाका सभाध्यक्षलाई बुझाउने छ ।

उपसमितिको बैठकले राज्यपुनर्संरचना, शासकीयस्वरुप, न्याय र निर्वाचन प्रणालीलगायतका विवादित विषयमा छलफल गरी प्रश्नावली बनाउएको संयोजक अग्नि खरेलले जानकारी दिनुभयो । ‘प्रश्नावली मस्यौदा बनाउने काम लगभग सकिएको छ, अब प्रस्ताव समितिले निर्णय गरेर संविधानसभामा बुझाउछ ।’ उहाँको भनाई छ ।

संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति, निक्र्यौल समिति र संविधानसभाको बैठकमा सभासद्हरुले उठाएको विषयवस्तु र अघिल्लो संविधानसभा बैठकका बिभिन्न समितिका निर्णयका आधारमा उपसमितिले प्रश्नावली तयार गरेको छ ।
उपसमितिले विवादित मध्ये आंशिक प्रश्नावली तयार गरि हिजोको पुर्ण बैठकमा पेश गरे पनि प्रश्नावलीको बाँकी काम टुङग्याउन बिहानैदेखि छलफल थालेको थियो ।

प्रस्ताव समितिको पुर्णबैठकले पारित गरेपछि त्यो भोलि बस्ने संविधानसभाको बैठकमा छलफलका लागि प्रस्तुत गरिने तय भएको छ । आजसम्म म्याद पाएको प्रस्ताव समितिले पूर्ण प्रस्ताव बनिनसकेकाले थप समय माग गर्ने तयारी गरेको छ । विहीवार दिउँसो १ बजे संविधानसभाको बैठक बस्दै छ ।

समितिले पेस गर्ने प्रस्तावमा सभाषद्हरुले संविधानसभामा छलफल गरेर प्रक्रियालाई अगाडी बढाइने छ ।