दाङ, २० माघ । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सडक आन्दोलन छाडेर सहमतिमा आउन विपक्षीलाई आह्वान गर्नुभएको छ ।
यहाँ मंगलबारदेखि सुरु मध्यपश्चिम कृषि, पर्यटन, साँस्कृतिक तथा व्यापार महोत्सवको उद्घाटन गदै उहाँले भन्नुभयो, “म यही मञ्चबाट विपक्षी दललाई आह्वान गर्न चाहान्छु, तपाईंहरु सहमतिमा आउनुहोस् सडकमा आन्दोलन र तोडफोड गरेर संविधान बन्दैन ।”
नेता देउवाले सहमतिका लागि आफूहरु हदैसम्मको लचकता अपनाउन तयार रहेको बताउनुभयो ।
महोत्सवमा २०० व्यापारिक कक्ष राखिएका छन् । प्रक्रियामा जानु बाध्यता काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले प्रक्रियाबाट संविधान ल्याउने प्रयास बाध्यता भएको बताउनुभएको छ ।
यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रक्रियासँगै सहमतिको प्रयास जारी राख्नुपर्ने औँल्याउँदै प्रतिपक्षीलाई संवादमा आउन आग्रह गर्नुभयो ।
नेता खाणले भन्नुभयो, “अवरोधका बाबजुद प्रक्रिया अघि बढेको छ, तर सहमतिका लागि अधिकतम लचकताका साथ वार्ताको थालनी हुनुपर्छ ।” रासस















प्रतिक्रिया