नवलपरासी, २० माघ । नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काले मधेसी दलका कारण संविधान निर्माणको प्रक्रिया अगाडि बढ्न नसकेको दाबी गर्नुभएको छ ।
नेपाली काँग्रेस क्षेत्र नं ६ नवलपरासीको क्षेत्रीय भेलालाई आज गुठी प्रसौनीमा सम्बोधन गर्र्दै पूर्व मन्त्रीसमेत रहनुभएका नेता खड्काले मधेस केन्द्रित दलहरुले एमाओवादीलाई उक्साएर सहमतिमा ल्याउन नखोजेको आरोप लगाउनुभयो ।
संविधानसभामा फरक–फरक विचारधाराका सिद्धान्त बोकेका पार्टी र सभासद् रहेकाले सहमतिबाट संविधान आउनै नसक्ने ठोकुवा गर्नुभयो ।
सबै राजनीतिक दलले आफ्नो हठ त्यागेर सहमति र प्रक्रिया सँगसँगै अगाडि बढाए मात्र संविधान निर्माणमा सहज हुने नेता खड्काले बताउनुभयो ।
कांग्रेस सहमतिमै संविधान बनाउन तयार रहेको बताउदै सहमतिमा आउन विपक्षी दलहरुलाई उहाँले आग्रह समेत गर्नुभयो ।
संविधान बनाउने बेला एमाओवादीले आन्दोलन गर्नु गलत कदम भएको उहाँको भनाई थियो ।















प्रतिक्रिया