२ कार्तिक २०८३, सोमबार

सस्तोमा डलर साटिदिन्छु भन्दै युवतीले पाँच लाख लुटे

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dollar(11)

–रामसुन्दर आचार्य 

काभ्रे, २० माघ । सस्तोमा डलर साटिदिन्छु भन्दै युवतीले बारम्बार फोन गरेर बोलाएपछि काभ्रेका दुई युवा भेट्न गए । साथमा पाँच लाख बोकेर युवतीले बोलाएको बनेपाको एकान्त ठाउँ पुगे ।

युवतीहरुले आफुहरुसंग ५० अमेरिकी रुपैयाँको ४१० वटा डलर भएको र त्यो डलर जंगलमा भारी बोक्न आफुहरुले भेटेकाले ५ लाख दिएमा त्यो साट्ने भन्दै पटक–पटक फोन गरी बनेपा बोलाएका थिए ।

दोलखा घर भई काठमाडौंको नेपाल कमर्स क्याम्पसमा मास्टर दोस्रो वर्षमा अध्ययनरत सुजन सिवाकोटी र बारा घर भई काठमाडौमै व्यापार गर्दै आएका नवराज लामा आइतबार युवतीले बोलाएको ठाउँमा ५ लाख बोकेर पुगे ।

तर त्यहाँ युवतीहरुले डलर हैन कुटेर पठाए । काभ्रेको उग्रतारा जनागालमा बोलाएर ती युवतीहरुले ५ लाख लुटेका हुन् ।
एक साता अगाडी लामालाई ९८१३१८०४०५ नम्बरबाट फोन गर्दै लुटेरा युवतीहरुले आफुहरुसंग ५० को डलर ४१० वटा भएको र त्यो डलर भारी बोक्न जाँदा आफुले भेटेकाले ५ लाख दिएमा त्यो साट्टने भन्दै पटक पटक बनेपा आउन कर गरे ।

त्यसपछि लामाले शिवाकोटीलाई आधी रकम हाल्न र भएको फाइदा आधा गर्न भनेपछि उनिहरुले आइतबार काभ्रेको बनेपा नजिकै उग्रतारा जनागालको अपाङग हस्पिटल जानेबाटोमा ती युवतीहरुलाई भेटेको बताए ।

सुजनको हातमा रहेको ५ लाखलाई उनिहरुले पैसा गन्नु पर्यो भन्दै लिएर वाइकमा भागेको लामाले जानकारी दिए ।
पीडित युवाहरुले आइतबार नै इलाका प्रहरी कार्यालय बनेपामा लिखित उजुरी दिएका छन् । इलाका प्रहरी कार्यालय बनेपाका इन्सपेक्टर दिपक भारतीले लुटपाट सम्बन्धि अनुसन्धान भैरहेको बताए ।