काठमाडौं, २० माघ । एकीकृत माओवादीले जस्तोसुकै आन्दोलन गरेपनि संविधान निर्माण गर्न अगाडी बढेको प्रक्रिया नरोकिने प्रधानमन्त्री सुशील काइरालाले बताउनुभएको छ ।
नेपाली कांग्रेसका शभापति समेत रहेका प्रधानमन्त्री कोइरालाले एमाओवादी निशर्त वार्तामा नआएसम्म प्रक्रिया नरोकिने बताउनुभयो । ‘संविधानसभाको बहुमतले अघि बढाएको प्रक्रिया मैले रोक्न सक्दैन,’ उहाँले भन्नुभयो, ‘उहाँहरु वार्तामा नआएपनि प्रक्रिया अगाडी बढ्छ ।’
रिपोर्टस क्लबलको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले एमाओवादीले जहिले पनि आफूले मागेको पाएन भन्दै आन्दोलन गर्ने धम्की दिएको बताउदै विपक्षी दलहरुलाई निशर्त वार्तामा आउन आव्हान गर्नुभयो ।
आफूले अन्तिम सयमसम्म वार्ताको प्रयास गरेपनि विपक्षीहरु सहमतिमै आउन नचाहेको कोइरालाको भनाई छ । ‘वार्ताका लागि म प्रचण्डजीको ढोका सम्म पुगे, तर, वार्ता सम्भव छैन, भनेर सहमतिमा आउनुभएन्, प्रक्रिया खारेजको प्रस्ताव राख्नुभयो।’ उहाँको जवाफ थियो ।
एमाओवादीले माग गर्दैमा संविधानसभाको प्रश्नावली बनाउने प्रक्रिया नरोकिने प्रधानमन्त्रीले बताउनुभयो । ‘‘संविधानसभाको वहुमतले गरेको निर्णय खारेज गर्ने म को हुँ ?’ कोइरालाले भन्नुभयो ।
सहमति नहुदा दलहरुले प्रक्रियामा जानु लोकतान्त्रिक अभ्यास भएको उहाँको भनाई थियो । प्रधानमन्त्री कोइरालाले अब संविधान जारी गर्न कसैले रोक्न नसक्ने प्रष्ट पार्नुभयो ।
सहमतिका लागि आफूहरुले गरेको प्रयासको विपक्षी दलहरुले जस लिन खोजेको कोइरालाको आरोप छ । ‘सहमतिका लागि हदैसम्म लचिलो हुने हामी जस पाउने प्रचण्डजी यो परिपाटी राम्रो भएन।’
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र जातीय संघीयता आफूहरुले कदापि नमान्ने धारणा प्रधानमन्त्री कोइरालाले राख्नुभयो । ‘आन्दोलनको डर, धाक, धम्की र घुर्कीसँग डराएर संविधान निर्माण प्रक्रिया कुनै पनि हालतमा रोकिदैन,’ कोइरालाले भन्नुभयो ।
अब ससर्त वार्ता नहुने र प्रक्रियामा गएरै भए पनि संविधान जारी गरेरै छाड्ने कोइरालाले स्पष्ट पार्नुभयो । ‘सहमतिको राजनीतिबाट म पछि हट्दिन । तर त्यसका लागि प्रक्रिया रोक्ने शर्त मान्न सकिँदैन,’ प्रधानमन्त्री कोइरालाले भन्नुभयो, ‘उहाँहरु वार्तामा नआए कहाँ जाने ? आन्दोलनमा जाने ? द्वन्द्वमा जाने ? बन्दुक बोक्न जाने ?’
संविधानसभा छाडेर गए एमाओवादीलाई जनताले नै घेर्ने उहाँको भनाइ थियो । ‘एमाओवादीले संविधानसभा छाड्ने कुरा म कल्पना पनि गर्न सक्दिनँ । उनीहरुको एजेन्डालाई जनताले साथ दिँदैनन् । जनताले आन्दोलन नभई संविधान चाहेका छन् । विकास र राजनीतिक स्थायित्व चाहेका छन् ।’















प्रतिक्रिया