काठमाडौं २० माघ । आन्दोलनको रणनीति बनाउन मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीको केन्द्रीय समिति बैठक बसिरहेको छ ।
पार्टीको नेवा राज्य समितिको कार्यालय कुपन्डोलमा चलिरेहको बैठकमा विपक्षी दलको आन्दोलन, पार्टीको आन्दोलन रणनीति र विपक्षीसंग कसरी हातेमालो गर्ने विषयमा छलफल गरिने सचिव देव गुरुङले जानकारी दिनुभयो । उनका अनुसार पार्टीमा रिक्त पद पूर्ति गर्ने र आन्तरिक सुदृढीकरको बारेमा पनि छलफल हुनेछ ।
संविधान निर्माणका लागि सत्ताधारी र विपक्षी दलबीचको मतभेदको बारेमा आधिकारिक धारणा समेत केन्द्रीय समिति बैठकले सार्वजनिक गर्ने सचिव गुरुङको भनाई छ ।
पार्टीले केन्द्रीय समिति बैठकबाटै एजेण्डा रणनीति तयार गर्ने छ । एक केन्द्रीय नेताका अनुसार विपक्षी दलहरुसंग आन्दोलनमा साझेदारी हुने जनाइएको छ ।















प्रतिक्रिया