१ कार्तिक २०८३, आइतबार

एमालेको वार्षिक खर्च १२ करोड !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML_Yemaleकाठमाडौं, २० माघ । नेकपा एमालेको वार्षिक खर्च १२ करोड पुगेको छ ।

एमालेले आर्थिक वर्ष ०७०–७१ मा करिव १२ करोड रुपैयाँ खर्च गरेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

चुनाव र पार्टी संचालनका लागि चन्दा दिने ब्यापारी र शुभेच्छुकको नामविवहरण पार्टीले निर्वाचन आयोगमा बुझाएको छ ।

दर्ता भएका दलहरुले हरेक वर्ष पुस मसान्तभित्र आयब्ययको विवरण निर्वाचन आयोगमा बुझाउनुपर्ने प्रावधान छ ।

निर्वाचन आयोगका अनुसार एमालेले बुझाएको विवरणमा गत आवमा ११ करोड ९३ लाख ९७ हजार ६ सय ८ रुपैयाँ खर्च भएको उल्लेख छ ।

एमालेलाई चौधरी गुप्र, विशाल गुप्रले १० लाख चन्दा दिएका थिए । अन्य पार्टीले विवरण बुझाएका छैनन् ।