काठमाडौँ, २० माघ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आएसंगै नेपाल आयल निगमले फेरी मूल्य समायोजन गरेको छ ।
निगम सञ्चालक समितिको हिजो राती बसेको बैठकले पेट्रोलमा प्रति लिटर दुई रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलमा एक रुपैयाँ ५० पैसा मूल्य घटाएको हो । मूल्य समायोजनपछि पेट्रोलको १ सय ९ र डिजेल र मट्टितेलको ८६ रुपैयाँ ५० पैसा प्रति लिटर पुगेको छ ।
समायोजन मूल्य आजदेखि लागू भएको छ । इन्डियन आयल कर्पोरेसनबाट आएको नयाँ मूल्यसूचीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर ओरालो लागेको छ । जसले उपभोक्तालाई केही राहत भएको छ । यसअघि पेट्रोलको मूल्य बढेर १ सय ४० रुपैयाँ सम्म पुगेको थियो ।















प्रतिक्रिया