२९ आश्विन २०८३, बिहिबार

एसपीए कप क्रिकेटमा सनसाईन र गोल्डनगेट क्वाटरफाईनलमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

spa cup

– यमबहादुर बम
धनगढी, १९ माघ । सर्वाधिक धनराशीको क्रिकेट प्रतियोगिता होटल डिभोटी एसपीए कप २०१५ अन्तर्गत सोमबार भएको निकै प्रतिस्पर्धात्मक खेलमा सनसाईन कलेज भैरहवा ११ रनले विजयी भएको छ ।

जीतसँगै सनसाईन क्वाटरफाईनलमा प्रवेश गरेको छ । क्वाटरफाईनलमा प्रवेश गर्ने सनसाईन सातौ टीम भएको छ । यस यस अघि पेन्टागन, सनराईज, न्यु होराईजन, होलील्याण्ड, मेरील्याण्ड र गोल्डेनगेट क्वाटर फाईनलमा प्रवेश गरिसकेका छन ।

गोल्डनगेट कलेज काठमाण्डौ र त्रिपुरासुन्दरी क्याम्पस अछामबीचको खेल त्रिपुरासुन्दरीको वाक ओभरले गोल्डनगेट सोझै क्वाटरफाईनलमा प्रवेश गरेको छ ।

मंगलबार विहान नकआउट चरणको अन्तिम खेल आयोजक एसपीए र जगन्नाथ कलेज विच हुने भएको छ । सो खेलसँगै नकआउँट चरणका प्रतिस्पर्धा पुरा हुनेछन ।

मंगलबार दिउँसोदेखि क्वाटरफाईनलका खेल सुरु हुनेछन् । पहिलो खेलमा स्टार खेलाडीहरुले भरिएको पेन्टागन काठमाडौ र सनराईज कलेज महेन्द्रनगर भिड्ने छन् ।

टस जितेर पहिले व्याटिङ गर्दै सनसाईन कलेज भैरहवाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १ सय ७३ रनको योगफल खडा ग¥यो । ३३ रन हुँदा २ विकेट गुमाएर धरमराएको पारीलाई मयन्क यादव र अन्तिम थापाले समहाल्दै समानजनक योगफल वनाउन सहयोग गरे । उनीहरुले ७३ रनको महत्वपुर्ण साझेदारी समेत गरे ।

मयन्क यादवले ३५ वलमा १ छक्का र ५ चौकाको सहयोगमा ४५ रन बनाए । आक्रामक व्याटिङ गरेका अन्तिम थापाले २६ वलमा ४ छक्का र २ चौकाको मदत्तले ४० रन जोडे । टीमका लागि सविन शाक्यले १२ वलमा १ छक्का र ३ चौकाको सहयोगले २३ रनको योगदान गरे । ६ वलमा १० रन वनाएका निर्मल चौधरी तथा सावज खान र मानवहादुर थापाले ८÷८ रन वनाए ।

सुदुरपश्चिम विश्वविद्यालय कञ्चनपुरका लागि महेश शाहले ४ ओभरमा ३१ रन खर्चदै ३ विकेट लिए । त्यस्तै अशोक भट्ट र राजेन्द्र चन्दले १÷१ विकेट लिए । जवाफमा व्याटिङमा उत्रेको विश्वविद्यालयले २० ओभरमा ८ विकेट गुमाएर १६२ रन मात्र बनाउन सक्यो ।

फारवेष्टका महेश शाहले १७ बलमा ३ छक्काको मदतले ३४ रन बनाई अभिजित रहेपनि टीमलाई जिताउन सकेनन ।

अन्तिम ओभरसँग निकै संघर्ष गरेको फारवेष्टले समर्थकहरुको पनि निकै साथ पाएको थियो । अन्तिम ओभरमा १८ रनको आवश्यकता हुदाँ पनि जित्ने आशा जिवितै राखेको फारवेष्टको सपनालाई भैरहवाको बलर मान बहादुर थापाले कसिलो बलियो गर्दै ७ रन मात्र दिएपछि फारवेष्ट निराश बनेको थियो ।

फारवेष्टका लागि दिपक मल्लले ३ चौकाको मदतले ३८, अनिल थापाले २३ रन बनाए । यता बलिंगमा म्यान अफ द म्याच भएका मयांक यादब र दिपेन्द्र यादबले समान २ विकेट लिए ।