२ कार्तिक २०८३, सोमबार

एमाओवादी र मधेसी मोर्चालाई वार्तामा आउन उपसभापति पौडेलको आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramchandra-paudelदमौली, १९ माघ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले एमाओवादी र मधेसी मोर्चालाई वार्तामा आई संविधान निर्माणमा साथ दिन आग्रह गर्नुभएको छ ।

सोमबार यहाँ आयोजित साक्षात्कार कार्यक्रममा एमाओवादी र मधेसवादीले संविधानसभा बहिष्कार गर्नु हतास मनस्थितिको उपज भएको भन्दै उपसभापति पौडेलले तत्काल वार्तामा आउन आग्रह समेत गर्नुभयो ।

“संविधान निर्माण गर्ने कार्यमा अब हामी प्रक्रियाबाट पछि हट्ने छैनौँ उहाँहरुलाई पनि साथै लैजान चाहन्छौं”– उपसभापति पौडेलले भन्नुभयो ।

विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानको मर्मअनुसार संविधान बनाउने तयारीमा रहेको उल्लेख गर्दै उहाँले विपक्षी वार्तामा आए काँग्रेस र एमालेले ल्याएका नौबुँदेमा पनि सुधार र परिमार्जन गरी लचकताका साथ प्रस्तुत हुने सोच आफूहरुले बनाइरहेको बताउनुभयो । रासस