बर्दिया, १९ माघ । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले एकीकृत नेकपा माओवादीले सम्वैधानिक राजनीतिक सहमति तथा सम्वाद समितिलाई बन्धक बनाएको आरोप लगाउनुभएको छ ।
बर्दियाको गुलरियामा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री गौतमले एमाओवादीले समितिलाई बन्धक बनाउदा संविधान बन्न नसकेको बताउनुभएको हो । ‘सहमति गर्छाै भनेर बाबुराम भट्टराईलाई संयोजक बनाए,’ उहाँले भन्नुभयो, ‘माओवादीले सहमतिको सट्टा समय गुजार्ने काम मात्रै गर्यो, सहमतिको प्रयास नहुदा संविधान जारी भएन ।’
उहाँले काग्रेस एमाले मिलेर चार महिना भित्र संविधान जारी गर्ने धारणा राख्नुभयो । कार्यकर्ता भेटघाटका क्रममा वर्दिया पुगेका उपप्रधानमन्त्री गौतमले देशको वर्तमान राजनीतिक परस्थितिका बारेमा पत्रकारसँगको कुराकानीको क्रममा उहाँले संवैधानिक राजनीतिक समिति बाबुराम भट्टराईले बन्धक बनाएर संविधान बन्न नदिएको आरोप लागाउनुभयो ।
एमाओवादी र मधेसी मोर्चाको अवरोधले संविधान घोषणा नभएको बताउँदै उहाँले दुई करोड ७० लाख नेपाली जनताको सार्वभौम सत्तामा विपक्षी मोर्चाले प्रहार गरेको आरोप लगाउनुभयो ।
गौतमले संविधानसभाबाटै संविधान निर्माण गर्न उपसमिति बनाएर आफ्नो काम अघि बढाएको र सहमति नभए बहुमतीय प्रक्रियाबाट संविधानको मस्यौदा पारित गर्ने बताउनुभयो ।
गौतमले यो देश सङ्घीय सात प्रदेश घोषणा गर्ने बताउँदै नकरात्मक दिशातर्फ गएका पार्टीलाई सँगै जाउँ भन्ने प्रस्ताव ल्याएको र नमानेमा दुई तिहाइ बहुमतले संविधान जारी गर्ने पनि बताउनुभयो । छिट्टै सहमति वा प्रक्रियाले संविधानसभालाई निकास दिने उहाँको भनाई थियो ।















प्रतिक्रिया