२ कार्तिक २०८३, सोमबार

चटपटे खाँदा आठ जना बिरामी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, १८ माघ । इलामको जिरोस्थित तिल्केनी मोडमा चटपटे खाँदा आठ जना गम्भीर बिरामी परेका छन् ।

बजारबाट डेरातर्फ फर्कने क्रममा आज ४ः३० बजे चटपटे खाँदा सूर्याेदय नगरपालिका तीनघरेकी रोस्मीता राई, १० वर्षीया रेश्मा राई, १२ वर्षीय मिरेश राई, १२ वर्षकै सन्देश लिम्बू, २० वर्षीय सौभाग्य लिम्बू, तीन वर्षीय सुभम लिम्बू, १८ वर्षीया सुजता लिम्बू र माईपोखरी–१ पुवाखोलाका नौ वर्षीय सुवास लिम्बू गम्भीर बिरामी परेका हुन् ।

इलाम नगरपालिका–६ को तिल्केनी मोडमा चटपटे पसल सञ्चालन गर्दै आएकी रुपा खुलालको पसलमा गएर चटपटे खाएपछि उनीहरू एक्कासी बिरामी परेको प्रहरीले जनाएको छ । उनीहरू सबैको जिल्ला अस्पताल इलाममा उपचार भइरहेको छ ।

बीस रुपैयाँको चटपटे किनेर सबैले एक÷दुई चम्चा झिक्दै खाएपछि उनीहरूमा टाउको दुख्ने, रिङ्गटा लाग्ने, बान्ता हुने, पेट दुख्ने समस्या देखापरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रहरीले चटपटे व्यापारी खुलाललाई सोधपुछ गरी नियन्त्रणमा लिएको छ । रासस