चितवन, १८ माघ । भरतपुरको गौरीगञ्जमा खेलिरहेकी एक बालिकाले घाँटीमा सामान अड्काउँदा ज्यान गएको छ ।
भरतपुरको गौरीगञ्जका विष्णुप्रसाद लामिछानेकी पाँच वर्षीय छोरी सुशास्नाको घाँटीमा थाहा नभएको वस्तु अड्किएर ज्यान गएको हो । खेल्ने क्रममा घाँटीमा नचिनेको वस्तु अड्किएको बताइएपनि के अड्किएको भनेर यकिन भने नभएको प्रहरी नायब उपरीक्षक राजन अधिकारीले बताउनुभयो ।
बालिकाको शव परीक्षणपछि मात्र उक्त वस्तुको पहिचान हुने प्रहरीले जनाएको छ । उनको उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
यसैगरी चित्रवन नगरपालिका–१२ बस्ने ५० वर्षीय भगवती मक्रान्तिले आफ्नै घरको शौचालयमा आत्महत्या गरेकी छिन् । शौचालयमा सलको पासो लगाई आत्महत्या गरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया