२ कार्तिक २०८३, सोमबार

ब्रिटिस र सफट्वेयरिका कलेजबीच रणनीतिक साझेदारी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

biritsihकाठमाडौं, १८ माघ । काठमाडौं-द ब्रिटिस कलेज र सफट्वेयरिका कलेजबीच रणनीतिक साझेदारी विषयमा सम्झौंता भएको छ ।

ब्रिटिश कलेजका प्रमुख कार्यकारी अधिकृत राजन कँडेल र सफ्टवेयरिका कलेजका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले विहिबार द ब्रिटिस कलेजको कार्यालयमा सम्झौंतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौंताअनुसार, दुबै कलेजबीच नेपाली विद्यार्थीहरुलाई सूचना-प्रविधिमा गुणस्तरीय शिक्षा दिलाउने विषयमा एकअर्कालाई सहयोग गर्ने प्रतिवद्धता जाहेर गरिएको छ ।

द ब्रिटिस कलेजले बेलायतको लिड्स वेकेट विश्वविद्यालय र युनिर्भसिटी अफ् वेष्ट अफ इन्ग्ल्याण्डसँग सम्बन्धन लिइ स्नात्तक र स्नात्तकोत्तर तहका कक्षा सञ्चालन गर्दै आइरहेको छ ।

यस्तै, सफ्टवेरिका कलेजले पनि एनसीसी डिप्लो तहका शिक्षा प्रदान गर्दै आइरहेको छ, जो बेलायती डिग्री हासिल गर्नका लागि प्रारम्भिक बाटो पनि हो । विहीबार भएको द्विपक्षीय सम्झौंता अनुसार, सफट्वेरिका कलेजमा अध्ययनरत डिप्लोमा उर्त्तिण भएका विद्यार्थीहरु द ब्रिटिस कलेजमा बीएस्सी अर्नस कम्प्युटिङमा लेभल सिक्स अन्तिम वर्षमा भर्ना हुन पाउनेछन् ।

‘पश्चिमा देशहरुका लागि नेपाल एक सूचना-प्रविधि आउटसोर्सिङ हब हुने ठूलो सम्भावना रहेको छ,’ द ब्रिटिस कलेजका प्रमुख कार्यकारी अधिकृत राजन कँडेल भने, ‘सम्झौंताले विश्वमा मान्यताप्राप्त बेलायती डिग्री पाएका आईटी ग्रयाजुएट जनशक्तिहरु उत्पादन गर्न मद्दत पुग्ने विश्वास लिएको छु ।’

सफ्टवेरिका कलेजका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले भने, यो सम्झौंताले दुवै पक्षका विधार्थीहरूलार्इ उत्कृष्ट शिक्षा निम्ति सहयोग पुग्ने पूर्ण रुपमा सूचना प्रविधीमा आधारित हाम्रो कलेजले विश्वास लिएको छ । उनले सफ्टवेरिका कलेजले द ब्रिटिस कलेजसँग सहकार्य गर्दा दुवै पक्षलाई फाइदा हुने बताए ।