२ कार्तिक २०८३, सोमबार

चेपाङ केन्द्रलाई फर्निचर र खाद्यान्न सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन १८ माघ । रत्ननगर–१० मंगलपुरमा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रलाई फिर्निचर र खाद्यान्न समाग्री सहयोग भएको छ ।
पत्रकार प्रतिमा सिलवालको पहलमा गुडमर्निङ योगा ग्रुपले फिर्निचर र खाद्यान्न समाग्री सहयोग गरेको हो ।

ग्रुपले केन्द्रलाई २८ जना वालिका सुत्ने २८ वटा खाट, ८ वटा दराज, किताब राख्ने र्‍याग र १५ दिनलाई पुग्ने खाद्यान्न समाग्री सहयोग गरेको हो । केन्द्रमा चितवन र मकवानपुरका ७७ जना चेपाङ वालवालिका आश्रित छन ।

–सुरक्षित बचत भवन उद्घाटन
जुटपानी गाविसको खोलेसिमल बजारमा रहेको सुरक्षित बचत तथा ऋण सहकारी संस्थाको नवनिर्मित भवनको आइतबार उद्घाटन गरिएको छ ।

सहकारी विभागका रजिष्ट्रार विष्णुहरि पौडेलले उद्धघाटन गर्नुभएको थियो । स्थापनाकाल देखि अहिले सम्म अर्काको घर भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आईरहेको सो सहकारीले ३२ लाख २६ हजारको लगानीमा आफनै घर बनाएको हो ।

भवनको उद्घाटन संगै आइतबारदेखि नयाँ भवनवाट काम सुरु भएको संस्थाका अध्यक्ष द्रोर्णप्रसाद लामिछानेले बताउनुभयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जुटपानीका सभापति गणेश शर्मा पौडेल, थानखोला सामुदायिक वनका अध्यक्ष जयराम कँडेल, सहकारीका संस्थापक अध्यक्ष श्यामन्तमणि लामिछाने, उपाध्यक्ष सितलकाजी श्रेष्ठ लगायतले वोल्नुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष द्रोर्णप्रसाद लामिछानेको अध्यक्षतामा भएको थियो ।