२ कार्तिक २०८३, सोमबार

उच्च माध्यामिक शिक्षा परिषदमा विद्यार्थीले तोडफोड गरे (फोटोफिचर सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

todfod

– राजेन्द्र ठगुन्ना

डडेल्धुरा १८ माघ । उच्च माध्यामिक शिक्षा परिषद डडेल्धुराको कार्यालयमा ५ युवा विद्यार्थी संगठनले आईतबार तालाबन्दी गरेको छ ।

सुदुरपश्चिमका पहाडी ७ जिल्ला हेर्नेगरी एक हप्ता अगाडी डडेल्धुरा जिल्ला सदरमुकाममा कार्यालय स्थापना गरेको थियो ।

hsebउच्च माध्यामिक शिक्षा परिषद डडेल्धुराका कार्यालय प्रमुख महेन्द्र पाण्डेयले सुचना जारी नगरिकनै नेपाली काग्रेसका १२ जना कार्यकर्तालाई कर्मचारीमा भर्ना गरेका थिए ।

विना बोलपत्र आह्वान सामाग्री खरिद गरेको भन्दै आज ताला बन्दी गरिएको डडेल्धुरा क्याम्पसका स्ववियु सभापति विपिन ओझाले बताए ।

कार्यालय प्रमुख पाण्डेयले नेपाली काग्रेसको ठाडो निर्देशनमा कुनै सुचना जारि नगरि,विना प्रतिस्पर्धा कर्मचारी नियुक्ति गरेको र उक्त कर्मचारी खारेज गर्न माग गरेको छ ।

साथै सुचनाको हकको कार्यान्वयन नगरेसम्म आन्दोलन जारी रहने युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य गजेन्द्र शाहीले बताए ।

उच्च माध्यामिक शिक्षा परिषदले नेपाली काँग्रेसको निर्देशनमा भर्ना गरिएका कर्मचारीलाई तत्काल खारेज गरि खुल्ला प्रक्रियाबाट कर्मचारी भर्ना नगरे आन्दोलनलाई थप सशक्त बनाउदै जिल्लाका सम्पूर्ण उच्च माविहरुलाई समेत बन्द गरि विद्यार्थीहरुलाई सडकमा उतार्ने अखिल क्रान्तिकारीका केन्द्रिय सदस्इ नवराज धिक्तले चेतावनी समेत दिएका छन् ।

todfod1jpgउच्च माध्यामिक शिक्षा परिषदमा ताला बन्दी गर्नुका साथै उच्च माध्यामिक शिक्षा परिषदको होडिङबोर्ड समेत तोडफोड गरेका छन् ।

कार्यालय प्रमुख पाण्डेयको यसअघि पनि विरोध भएको थियो । शिक्षा क्षेत्रमा विकृति बढ्दै गएपछि विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएका हुन् ।

चार दल एकीकृत माओवादी, नेपाली कांग्रेस र नेकपा एमाले लगायतका विद्यार्थी भातृ संगठनले संयुक्त रुपमा तालाबन्दी गरी तोडफोड गरेका थिए ।

अहिले डडेल्धुरामा अवस्था सामान्य छ ।  यस विषयमा कार्यालय प्रमुख पाण्डेयले कुनै प्रतिक्रिया जनाएका छैनन् ।