चितवन १८ माघ । संस्थागत विद्यालयलहरुले समुदायमा गुणस्तरीय शिक्षा प्रदानका महत्वपूर्ण भुमिका खेलेको सरोकारवालाहरुले बताएका छन ।
चितवनको जुटपानीमा रहेको सिराइचुली एफ एम ९७.३ मेगाहर्जले आइतबार आयोजना गरेको समुदाय विकासमा संस्थागत विद्यालयको भुमिका बिषयक अन्र्तक्रियामा बोल्दै नेपालको शैक्षिक विकासमा संस्थागत विद्यालयको अदृष्य भूमिका रहेको स्पष्ट पारेका थिए ।
कार्यक्रममा सिद्धिविनायक आवसीय माध्यमिक विद्यालय जुटपानीका प्रबन्ध निर्देशक लिला गुरुङले स्थानीय स्तरमा संस्थागत विद्याल एक जुट हुनुपर्नेमा जोड दिए ।
सोही विद्यालयका प्रिन्सिपल बिष्णुमणी लामिछानेले संस्थागत विद्यालयलका कारण देशमा रोजगारी सिर्जना भएको भन्दै राष्टियस्तरमा समेत उत्कृष्ट नतिजा निकाल्न सकेको बताए ।
त्यसैगरी सगरमाथा आवसिय मावि रत्ननगरका प्रिन्सिपल गोकुल प्रसाद भट्टले संस्थागत विद्यालयले समुदायको वातावरण र स्वास्थ्य सुधारमा प्रमुख भुमिका खेलेकोे बताए ।
पिठुवा स्रोत केन्द्रका स्रोतव्यक्ति रामकृष्ण लम्सालले समुदायमा सामाजिक उत्तरदायित्व वहन गर्न संस्थागत विद्यालय सफल भएको भन्दै समुदायको विकासको महत्वपुर्ण कडि संस्थागत विद्यालय भएकोे बताए ।
एफएमका अध्यक्ष विशाल आले मगरको अध्यक्षतामा भएको सो कार्यक्रममा मुनलाइट स्कुलकी शान्ति गुरुड र पिस भिजन आवसीय माध्यामिक विद्यालयका यमप्रसाद काफ्ले, अर्विट वोडिङ स्कुलका प्रिन्सिपल भिमराज कडेल, न्यु सगरमाथा इ मिडियम स्कुलका प्रिन्सिपल इश्वर तिवारी लगायतले आ–आफनो धारणा राखेका थिए ।















प्रतिक्रिया