२९ आश्विन २०८३, बिहिबार

रोनाल्डोको रियल मड्रिड विजयी, शिर्ष स्थानमा पुग्यो !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ronaldo-football-playarएजेन्सी/स्पेन । लिगकै शिर्षस्थानमा रहेको रियल मड्रिडले स्पेनिस फुटबल प्रतियोगिता ला–लिगमा ४–१ गोलको जित निकालेको छ ।

यो संगै ला लिगमा चार अंकको अग्रता कायमै राखेको छ।

रियल सोसिडाडलाई ४–१ गोल अन्तरले पराजित गर्दै फुटबलका स्टार क्रिस्टियानो रोनाल्डोको टिमले लिगमा अग्रता कायमै राखेको हो ।

मड्रिडको घरेलु मैदानमा भएको खेलमा पाहुना टोलीलाई रियल मड्रिडले ४–१ गोल गर्‍यो ।

खेलको ३७ औं मिनेटमा रामोसले गोल गरेपछि पहिलो हाफमा रियल मड्रिडले २–१ को अग्रता लियो। दोस्रो हाफको ५२ र ७६ औं मिनेटमा करिम बेन्जिमाले गोल गरेपछि मड्रिड ४–१ ले विजयी भयो ।

यो संगै रियल मड्रिडले २० खेलबाट ५१ अंक जोडेको छ । फुटबलका स्टार लियोनल मेसीको बार्सिलोना ४७ अंक सहित दोस्रो स्थानमा छ।