२९ आश्विन २०८३, बिहिबार

‘भ्यालेन्टाइन डे’ मा हिरोईनले दर्शकलाई गिफ्ट दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jacqueline Fernandezमुम्बई । भारतीय चलचित्र बजारकी एक हिरोईनले भ्यालेन्टाइन डे को अवसर पारेर गिफ्ट दिने बताएकी छिन् ।

बलिउड अभिनेत्री जैकलीन फर्नाडीसले दर्शकलाई भ्यालेन्टाइन डे मा गिफ्ट दिन लागेकी हुन् ।

उनको गिफ्ट भने अलि फरक छ । फ्रेरवरी १३ मा रिलिज हुन लागेको चलचित्र ‘राँय’ मार्फत दर्शकलाई मनोरञ्जन दिन लागेकी हुन् ।

‘भ्यालेन्टाइन डे मा चलचित्र राँय दर्शकका लागि स्पेशल हुनेछ, कीनकी यो प्रेम कथामा आधारित चलचित्र हो,’ उनले भनिन् ।

प्रेम कहानीमा आधारित फिल्म भएकाले दर्शकका लागि भ्यालेन्टाईन डे को उपहार हुने उनको विश्वास छ ।

रॉय एक रहस्य र रोमाञ्चकारी फिल्म हो, तर यसमा एक राम्रो प्रेम कहानी हो । मेरो विचारमा दर्शकले चलचित्र हेरे भने एक गिफ्ट जस्तै लाग्ने छ ।

यसअघि ज्याकलिनको फिल्म किकले भारतीय चलचित्र बजारमा धमाका मच्चाएको थियो ।

श्रीलंका मुलकी ज्याकलिन बलिउडमा उदाउदी नायिका हुन । उनले गतवर्ष चलचित्र किकबाट धेरै अवार्ड समेत पाएकी थिईन् ।