प्रचण्ड निवासमा आइतबार विहान बसेको एमाओवादीको बैठकले शिर्ष नेतालाई आन्दोलनको संयोजक बनाएको छ । पार्टीका तीन शीर्षनेता पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको संयोजकत्वमा आन्दोलन गर्ने निर्णय गरेको हो ।
निर्णय अनुसार नारायणकाजी ले पूर्वी क्षेत्रमा, बाबुरामले पश्चिम क्षेत्रमा र प्रचण्डले मध्य क्षेत्रमा आन्दोलनको संयोजकत्व गर्ने पार्टीका नेता हरिबोल गजुरेलले जानकारी दिनुभयो ।
आन्दोलनको रणनीति, नेताहरुको कार्यविभाजन लगायत अन्य विषयमा पार्टीको कार्ययोजना बनाउन अहिले एमाओवादीको पार्टी कार्यालय पेरिसडाँडामा बैठक बसिरहेको उहाँले बताउनुभयो । प्रश्नावली समितिले अगाडी बढेको विषयमा पनि छलफल गरिने नेता गजुरेलको भनाई छ ।
प्रक्रियाको विरोध गर्दै सहमतिमै संविधान निर्माण हुनुपर्ने भन्दै एमाओवादीले ३० दलिय मोर्चाको नेतृत्व गरी आन्दोलनको तयारीमा लागेको हो ।















प्रतिक्रिया