२ कार्तिक २०८३, सोमबार

विपक्षी मोर्चा संविधान जारी गर्न नदिने षडयन्त्रमा लाग्योः नेता देउवा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sher-bhadur-Deubaडडेल्धुरा, १८ माघ । संविधान बनेसंगै आफ्नो राज नचल्ने भएपछि एमाओवादी लगायतको विपक्षी मोर्चा संविधान जारी गर्न नदिने षडयन्त्रमा लागेको नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले बताउनुभएको छ ।

उहाँले विपक्षी दलहरुलाई संविधानसभाभित्रै समस्याको समाधान खोज्न आग्रह समेत गर्नुभयो ।

नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले आइतबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा शान्ति स्थापना र संविधान जारी गर्न नदिने षडयन्त्र विपक्षी मोर्चाले गरिरहेको आरोप लगाउँदै उहाँले मोर्चाको आन्दोलनलाई सहयोग नगर्न सर्वसाधारणलाई आग्रह गर्नुभयो ।

माओवादीसहितको मोर्चा सहमतिमा नआए पनि दुई तिहाइबाटै संविधान जारी गर्ने उहाँको भनाइ थियो ।

संविधानका विषयमा रहेका विमतिहरुलाई संविधानसभाभित्रबाटै समाधान गर्न एकीकृत नेकपा माओवादी सहितको विपक्षी मोर्चालाई आग्रह समेत गर्नुभएको थियो ।