भीमदत्तनगर, १८ माघ । निर्माणाधीन स्कुलको छतबाट लडेर एक बालिकाको मृत्यु भएको छ ।
भीमदत्तनगरपालिका–४ मा रहेको युनाइटेड हायर सेकेन्डरी स्कुलको निर्माणाधीन भवनको छतबाट लडेर स्थानीयवासी राजु चुनाराका ११ वर्षीया ज्योतिको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । एकतले भवनको छतबाट लडेर गम्भीर घाइते भएकी बालिकाको उपचारका लागि अस्पताल लग्दै गर्दा बाटामा नै मृत्यु भएको हो । रासस















प्रतिक्रिया