२ कार्तिक २०८३, सोमबार

अवरोध खडा गरिरहे एमाओवादीलाई नै घाटा हुन्छ: उपप्रधानमन्त्री सिंह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prakash-Man-Singh

काठमाडौँ, १८ माघ । उपप्रधानमन्त्री प्रकाशमान सिंहले संविधानसभामा अवरोध खडा गरिरहे एमाओवादीलाई नै घाटा हुने बताउनुभएको छ ।

काठमाडौँको डिल्लीबजारस्थित कन्या बहुमुखी क्याम्पसको ३५औँ वार्षिकोत्सवको उद्घाटन गर्दै उहाँले भन्नुभयो– ‘संविधानसभा नियमावली विधि र प्रक्रियाअनुरुप अघि बढ्दा विपक्षी दलले बाधाव्यवधान खडा गर्नु भनेको जनताको अपमान हो यसले उनीहरुलाई नै घाटा हुन्छ ।’

उहाँले सहमति नभए विधि र प्रक्रियाबाटै संविधान जारी हुने दृढता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो–’अघिल्लो संविधानसभा त्यत्तिकै गुमायौँ, अहिलेको संविधानसभाबाट जसरी पनि संविधान ल्याउनैपर्छ, सकेसम्म सहमति नभए विधि र प्रक्रियाबाट संविधान जारी गर्न यो संविधानसभा चुक्दैन ।’