काठमाडौँ, १८ माघ । मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीको पूर्ण केन्द्रीय समितिको बैठक आज बस्दैछ ।
माघ ८ गते संविधान नबनेपछिको अवस्थामा पार्टीको आगामी रणनीति तय गर्न बैठक बोलाइएको हो । बैठकमा पार्टीको आगामी कार्यनीति, केन्द्रीय समिति विस्तार, क्रान्तिकारी पार्टीबीच एकतालगायत विषय कार्यसूचीको रुपमा राखिएको छ ।
यसअघि शनिबारका लागि बोलाइएको बैठक अनौपचारिक छलफल मात्रै गरी आजका लागि स्थगित गरिएको थियो ।
पार्टी विभाजन भई सचिव नेत्रविक्रम चन्द पक्षले छुट्टै पार्टी गठन गरेपछि रिक्त रहेको केन्द्रीय समितिलगायत पदमा बैठकले पूर्णता दिने तयारी गरिएको छ ।
















प्रतिक्रिया