२ कार्तिक २०८३, सोमबार

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्वत, १८ माघ । पर्वतको पैयुँक्षेत्रअन्तर्गत पर्ने शालिग्राम गाविस–९ बाट स्याङ्जाको पिँडीखोलातर्फ जाँदै गरेको ट्याक्टर शनिबार साँझ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्याक्टरमा मजदुरी काम गर्ने मनहरि–९ मकवानपुरका किरण गोले र थाँक्रे–८ धादिङका पेले बाँस्कोटा रहेको प्रहरी चौकी सेतीबेनीका प्रहरी सहायक निरीक्षक ईश्वर रोकाले जानकारी दिनुभयो । दुर्घटनामा तीन गम्भीर घाइते भएका छन् । नवनिर्मित कालीगण्डकी लोकमार्ग निर्माणका लागि बाटो खन्दै गरेको डोजरका लागि डिजेल बोकेर जाँदै शालिग्रामबाट जाँदै गरेको लु२च ९३७६ नंको ट्र्याक्टर पिँडीखोला–८ कोलाङ भन्ने ठाउँमा सडकबाट पल्टिएको हो ।

दुर्घटनामा सहरीखेत–९ मकवानपुरका सन्तोष पर्जा, धादिङ थाक्रे गाविस–८ का भोटे पन्थे र थाँक्रे–९ का बुद्ध तामाङ गम्भीर घाइते भई पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरी सहायक निरीक्षक रोकाले जानकारी दिनुभयो । रासस