२९ आश्विन २०८३, बिहिबार

गौतम गुलाटी बने- ‘बिग बोस’ (फोटो फिचरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gautam-gulati1

विजय थापा

भारतीय लोकप्रिय कार्यक्रम ‘बिग बोस’को आठौँ संस्करण गौतम गुलाटीले बाजी मारेका छन् । आफ्ना निकटतम प्रतिस्पर्धी करिष्मा तन्ना र प्रितम सिंहलाई उछिन्दै उनले यो सिजनको ‘बिग बोस-८’ जितेका हुन् । जितसँगै गुलाटीले पुरस्कार स्वरुप नगद भारतीय ५० लाख र ‘बिग बोस’ पदक हात पारेका छन् ।

झन्डै १ सय ३० दिन भन्दा ज्यादा चलेको ‘बिग बोस’को रोचक मोड त्यो बेला बन्न पुग्यो, जब कार्यक्रमका अन्तिम उत्कृष्ट तीन प्रतिस्पर्धी गौतम गुलाटी ,करिष्मा तन्ना र प्रितम सिंहलाई जनही पच्चीस लाख लिन प्रस्ताब राखिएको थियो । प्रितम सिंह जो सशक्त प्रतिस्पर्धी थिए, उनले पुरस्कार स्वरुप २५ लाख लिएर प्रतिस्पर्धा त्यागे । फलस्वरूप अन्तिम प्रतिस्पर्धामा करिष्मा तन्नालाई भारी मतको अन्तरले ‘बिग बोस-८’ गौतम गुलाटी बने ।

gautam-gulati2

प्रितम सिंहले पैसा लिएपछि करिष्मा तन्ना प्रथम उपबिजेता भएकी थिइन् भने अन्तिम पाँचमा पर्ने अली कुली मिर्जा र डिम्पी महाजन चौँथो र पाँचौँ स्थान प्राप्त गरेका थिए ।

गौतम ‘बिग बोस घर’मा अत्यन्तै चर्चित थिए भने सर्वेक्षणमा उनी बिजेता हुनसक्ने भारतीय संचारमाध्यमले आंकडा देखाएका थिए ‘बिग बोस’मा ड्यानड्रासँग भएको प्रेम चर्चा निकै शिखरमा पुगेको थियो ।

gautam-gulati

अघिल्ला बर्षहरुमा सम्पन्न भएका सबै ‘बिग बोस’को इतिहास तोड्दै गौतम गुलाटी अत्यधिक मत पाउने पहिलो बिजेता बन्ने सौभाग्यशाली बन्न पुगेका छन् ।

गौतम गुलाटी भारतीय सानो पर्दाको धारावाहिक ‘दीया और बाती’ का कलाकार हुन् तर ‘बिग बोस’मा आउनु भन्दा अगाडि उनलाई कमैले चिन्थे । ‘दीया और बाती’मा मुख्य भूमिकामा नरहेका कारण गौतम त्यो त्यागी ‘बिग बोस’मा सहभागी भएका थिए ।