काठमाडौँ, १८ माघ । तोकिएको समयमा जनतालाई संविधान दिन नसकेकोमा आफुहरु लज्जित भएको भन्दै धादिङका दुई जना युवा सभासदले जनतासामु माफी मागेका छन्।
धादिङको क्षेत्र नम्बर १ कटुञ्जेमा शनिबार आयोजित सानाकिसान कृषि सहकारी संस्थाको व्यवस्थापन हस्तान्तरण कार्यक्रममा सो क्षेत्रका निर्वाचित सभासद धनबहादुर घलेले मञ्चबाटै हात जोडेर जनतासामु माफी मागेका नागरिक दैनिकमा समाचार छ ।
‘संविधान जारी नहुनुमा हामी सभासदहरुको ठुलो दोष त छैन तर, नैतिक रुपमा मलाई भोट दिएर जिताउनु भएका तपाईहरु माझ म माफी चाहन्छु,’ उनले भने,… तपाईहरुको इच्छा पुरा किन गर्न सकिएन भन्नेकुरा मैले भनिरहनु पर्दैन होला, संविधान सभामा ३० दलको प्रतिनिधित्व भएका कारण सहमतीको आधारमा संविधान जारी गर्ने भनेर समय बर्बाद बनाएकाले समयमा संविधान दिन नसकिएको हो।’ सहमति गर्ने नाममा नेताहरुको बार्गेनिङ नमिल्दा माघ ८ मा संविधान दिननसकिएको भन्दै अव प्रक्रिया सुरु भएकाले दुई तिहाई मतका आधारमा संविधान बन्ने बताए।
















प्रतिक्रिया