२ कार्तिक २०८३, सोमबार

कुखुरे साईलाको ‘ओ माई गड सेक्स’ विमोचन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

o my god

– जङ्ग योञ्जन तामाङ
पाचथर, १७ माघ । ‘जे गर्नु छ, यही जन्ममा गर्नु छ, अर्को जन्म लिइन्न’ लेखक तथा पत्रकार गुरुङ रामप्रकाश समथिङ (कुखुरे साईला) भन्छन् । त्यसैले समाज र राष्ट्रका लागि यही जन्ममा केही गर्ने सोच उनको छ । त्यो पनि लेखनबाट ।

समाजको विम्वलाई पुस्तकमा चित्रण गर्दै आएका गुरुङ लेखन प्रारम्भ गरेको ७ वर्षमै २२ औँ कृति पाठकसामू ल्याउन सफल भएका छन् । ४५ वर्षिय गुरुङले ‘ओ माई गड सेक्स’ नामक कृति विमोचन गराएसँगै उनको प्रकाशित कृतिको सङ्ख्या २२ पुगेको छ ।

पाँचथरका क्रियाशिल २२ जना पत्रकारहरुले शनिवार उनको यौन विज्ञानमा आधारित २२ औँ कृतिको फिदिममा एक कार्यक्रमबीच विमोचन गरेका छन् ।
नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाद्धारा आयोजित पुस्तक विमोचन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै पत्रकार तथा अधिकारकर्मी मङ्गल बेघाले गुरुङको जीवन आफैँमा प्रेरणादायी भएको बताएका छन् । गरिवीको चर्को पीडाकै कारण घरी अध्यय्नलाई स्थगित त घरी निरन्तरता दिँएका उनले अमिलो जीन्दगीले नै लेखन्मा उत्साहित गरेको बताए ।

प्रकाशित कृतिमध्ये सात वटा साहित्य र पन्ध्र वटा कृति खोज तथा अनुसन्धानमूलक छन् । पाँचथरको नाङ्गिन घर भए पनि सदरमुकाम फिदिममा बसेर लेखनमा सक्रिय उनले एक्काइसौँ शताव्दिमा खुल्ला यौनलाई नेपाली समाजले पचाउन सक्नु पर्ने बताए ।

यौन अपराध नभएकाले यसलाई बन्देज गर्न नहुने धारणा उनको छ । यसलाई बन्देज गरिँदा समाजमा यौनजन्य अपराध बढेको भन्दै नीतिगत रुपमै यसलाई व्यवस्थित गर्नु पर्ने जोड दिए ।

यस्तै जिल्लाका २४ वटा सामुदायिक अध्ययन् केन्द्रहरुलाई २० वटाको दरले एक लाख २० हजार रुपैयाँ बराबरको ४ सय ८० थान पुस्तक सामुदायिक अध्ययन केन्द्र जिल्ला सञ्जाल पाँचथरका अध्यक्ष हेटनारायण श्रेष्ठलाई गुरुङले हस्तान्तरण गरे ।