बिर्तामोड, १७ माघ । बिर्तामोड नगरपालिका–२ स्थित मनोज भेनियरमा काम गर्ने भारत अररिया जिल्ला हरियाबारा–७ का एक मजदुरको मिलको फिताले काटेर मृत्यु भएको छ ।
विगत तीन महिनादेखि त्यहाँ कार्यरत उनको आज १ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । मोहम्मद तस्लिम आलमका छोरा १८ वर्षका मोहम्मद फाजल आलमको प्लाई उद्योगको फिताले काट्दा शरीरबाट घाँटी अलग भएको बताइएको छ ।
सो प्लाई उद्योगमा भारतीय मजदुरहरु कार्यरत रहेको बताइएको छ । प्रहरीले घटनास्थलबाट शब उठाएर पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाएको छ ।















प्रतिक्रिया