२९ आश्विन २०८३, बिहिबार

‘घुमिफिरी रुम्जाटार’ वृत्तचित्र प्रदर्शन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

solar cinema 2काठमाडौँ, १७ माघ । ग्रामिण बस्तीका विषयबस्तुलाई सिनेमाको पर्दामा ल्याउने उद्देश्यका साथ तयार पारिएको बृतचित्र ‘घुमिफिरी रुम्जाटार’ को प्रर्दशनी भएको छ ।

सोलार सिनेमा नेपालले तयार पारेको यो बृतचित्र शनिबार संवाद डबलीमा पहिलो पटक प्रर्दशन गरिएको हो । रुम्जाटारको कला, संस्कृति, रहनसहन, जीवनयापनको शैलीलाई मुख्य विषयबस्तु बनाइएको छ । यो बृतचित्रमा स्थानियबासीले मुख्य भूमिका खेलेका छन् ।

सोलार सिनेमा नेपालले ग्रामिण बस्तीमा गएर स्थानियको कला र संस्कृतिबारे स्थानियलाई प्रशिक्षण दिदै आएको छ । बृतचित्रको बारेमा स्वीच नागरिक युरिट वकम्यानले विस्तुत रुपमा जानकारी गराएका थिए ।

यो बृतचित्रका मुख्य पात्र रुम्जाटारका स्थानियवासीलाई मानिएको छ । जनचेतनालाई मुख्य विषय बनाएको सोलार नेपालले २०१३ मा मध्यपश्चिमका जाजरकोट, दैलेख र कालिकोट र २०१४ मा पूर्वी नेपालका दोलखा रामेछाप, सोलुखुम्बु र खोटाङ्गको स्थानिय कथालाई समेटी बृतचित्र निर्माण गरिसकेको छ ।

सोलार सिनेमा नेपालले ग्रामिण बस्तीमा गएर स्थानियको कला र संस्कृतिबारे स्थानियलाई प्रशिक्षण दिदै आएको छ । बृतचित्रको बारेमा स्वीच नागरिक यु्रिट वकम्यान आफूहरु सहजकर्ताहरु भएको बताए । त्यसैगरि मारिया सुनर फिल्मको बारेमा दर्शकलाई जानकारी गराइएकी थिइन । दबिएर रहेका स्थानियको प्रतिभालाई चिनाउने सोलार नेपालको अभियान भएको मारियाले बताइन । उनीहरु सोलार सिनेमा नेपालको टीमकै सदस्य हुन ।

यो बृतचित्रका मुख्य पात्र रुम्जाटारका स्थानियवासीलाई मानिएको छ । जनचेतनालाई मुख्य विषय बनाएको सोलार नेपालले २०१३ मा मध्यपश्चिमका जाजरकोट, दैलेख र कालिकोट र २०१४ मा पूर्वी नेपालका दोलखा रामेछाप, सोलुखुम्बु र खोटाङ्गको स्थानिय कथालाई समेटि बृतचित्र निर्माण गरिएको अभिमन्यू हुमागाईले पत्रकार सम्मेलनमा जानकारी दिए । सोलार नेपालले आफ्नो भावि योजना समेत प्रस्तुत गरेको थियो ।

यो बृतचित्रको सम्पूर्ण अधिकारी स्थानिय फिल्म निर्माणकर्ताकै हुँने हुमागाईले बताए । सोलार सिनेमा नेपालले अहिलेसम्म विभिन्न ठाउँका १६ वटा स्थानिय बृत्रचित्र निर्माण गरिसकेको ओम ठकुरीले जानकारी दिए ।