२ कार्तिक २०८३, सोमबार

लायन्स क्लबले असहायलाई कम्बल बाड्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lions-clubbbb-logoपाल्पा १७ माघ । लायन्स क्लबले पाल्पाका असहाय जेष्ठ नागरिकलाई जाडोबाट बचाउन कम्बल वितरण गरेको छ ।

बुटवल सेन्ट्रल लायन्स क्लबले पाल्पाको प्रख्यात धार्मिक तथा पर्यटकीय क्षेत्र एंव आदि मानव रामापिथेकसको दाँत भेटिएको ऐतिहासिक स्थल सिद्धबाबा मन्दिरका असहाय तथा वृद्धवृद्धाहरुलाई कम्बल वितरण गरेको हो ।

लायन्स अन्तर्राष्ट्रियको ‘सेन्टेनियल सर्भिस च्यालेन्ज’ कार्यक्रम अन्तर्गत क्लवका पदाधिकारीहरुले कम्बल प्रदान गरेका थिए । कम्बल पाएपछि असहाय तथा वृद्धवृद्धाहरुले सहारा पाएकोमा हर्षित देखिन्थे । सौजन्यकर्ता लायन अरुण केसीले सहयोग गर्न पाएकोमा खुसी लागेको वताए ।

लायन्स क्लब इन्टरनेशनल सन् १९१७ मा स्थापित संसारकै सवभन्दा ठुलो सञ्जाल भएको सामाजिक संस्था हो, जसका २०६ राष्ट्रमा करिव ४६००० क्लब र १३ लाख ५० हजार भन्दा वढि सदस्य रहेका छन् ।

क्लबका द्वितिय उपाध्यक्ष लायन विष्णु कुवरले क्लवले हालसम्म आफुभन्दा कम भाग्यशाली व्यक्तिहरुलाई लत्ताकपडा, खाद्यान्न, शैक्षिक सामग्री वितरण, व्लड डोनेशन, निःशुल्क स्वास्थ्य शिविर, औषधि वितरण लगायतका कार्यक्रम मार्फत आफ्नो उपस्थिती जनाउदै आएको जानकारी दिनुभयो ।