धरान, १६ माघ । आफ्नै शिक्षकसँगको अभ अफेयरमा धोका पाएपछि धरानकी एक युवतीले सुसाइड नोट लेख्दै आत्मत्या गरेकी छिन् ।
धरान १८ की २६ वर्षीय प्रिती मुखियाले १० बर्षदेखिको प्रेममा धोका पाएको आवेगमा आत्महत्या गरेकी हुन् । उनको धरानकै एक निजी स्कुलका शिक्षकसँग अफेयर थियो । तर, .उनले अर्कैसँग विवाहको तयारी गरेपछि युवतीले झुण्डिएर आत्महत्या गरेकी हुन् । घटनास्थलमा उनको सुसाइड नोट समेत भेटिएको छ । सुसाइड नोटमा उनले ‘मलाई युज मात्र गरेर अर्कैसँग बिहे गर्न खोज्यो’ भनेर लेखेकी छन् ।
प्रेममा धोका पाएकै कारण छोरीले आत्महत्या गरेको भन्दै भन्दै प्रितिका आमाबाबुले शिक्षकमाथि कडा कारबाहीको माग गरेका छन् । तर, आरोपित शिक्षकमाथि ज्यान मुद्दा चलाउन नसकिने प्रहरीले जनाएको छ ।
















प्रतिक्रिया