सहिद दिवसमा गरिबलाई पत्रकारले दिए चामल
बैतडी १६ माघ । सहिद दशरथ चन्दका परिवारले घरमै दिवस मनाएको भन्दै अलोचना भएको छ ।
विगतदेखि सहिद दिवस सदरमुकाम गडीमा रहेको दशरथचन्दको सालिक नजिक मनाउने भएपनि अहिले विभिन्न डोनरहरुको आर्थिक प्रलोभनमा सदरमुकामबाट उहाँको घरमा मनाएको भन्दै सरोकारवालाहरुले दुःख व्यक्त गरेका छन् ।
“जन्म जयन्ती भएको दशरथ चन्दको घरमा मनाउँदा ठिक हुन्छ, सहिद सप्ताह हो, जो विगतका वर्षझैं जिल्ला सदरमुकाममा मनाउँदै आएको थियो ।
यो वर्ष सहिद दशरथ चन्द स्मृति प्रतिष्ठानले उहाँ जन्मेको गाँउ बस्कोटमा पनि मनाईएको छ ।
वर्षौदेखि जिल्लामा स्थापित स्थानियले सहिद दिवस जिल्ला सदरमुकाम सिथत मनाउथे ।
अध्यक्ष चन्दले सहिद दशरथ चन्द मर्ने बेलामा कात्रो समेत नओढाउने उनका आफन्तले अहिले सहिदप्रति सद्भाव नभई आर्थिक प्रलोभनमा परी शहिद दिवस उहाँको घरमा बनाउनु उचित होईन् भन्नुभयो ।
यस्तै, सहिद दिवसमा बैतडीका पत्रकारले गरिब परिवारलाई चामल सहयोग गरेका छन् । शुक्रबार पत्रकारको एक टोलीले दशरथ चन्द नगरपालिका–१, तिरगाउँका प्रेमराम तिरवा ‘सौका’ परिवारलाई एक कुण्टल चामल वितरण गरिएको हो ।
तिरवा एक भरिया मजदुर हुन् । खान नपाएर परिवारै भोकै बसेको सुनिएपछि सहिद दिवसको अवसर पारेर तिरवालाई बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी मंगलबहादुर शाही, नेपाल वार एशोसिएसनका बैतडी अध्यक्ष राजबहादुर चन्द, नेपाल पत्रकार महासंघ बैतडीका अध्यक्ष नरेन्द्र भट्ट, गोरखापत्र दैनिकका पत्रकार गोकर्ण दयाल लगायतले चामल सहयोग गरे ।
देशका भोका नाङ्गा र गरिबहरुले खान पाउन भन्दै देश र जनताको मुक्तिका लागि जहाँनिया राणा साशन बिरुद्ध लडेर ज्यानको आहुती दिने दशरथ चन्द लगायतका सहिदको संम्झनामा नेपाल बार बैतडीले आयोजना गरेको कार्यक्रममा शहिद दशरथ चन्दको शालिकमा माल्यापर्ण गर्दै गरिबलाई तिरवालाई चामल समेत वितरण गरिएको बार बैतडीका अध्यक्ष राजबहादुर चन्दले जानकारी दिनुभयो ।
कार्यक्रमको प्रमुख अतिथिमा बैतडीका साहत्यिकार प्रकाश चन्द प्यासी रहनुभएको थिया । सहिद दिवसको अवसरमा बैतडीको सदरमुकामको गढीमा रहेको अमर सहिद दशरथचन्दको शालिकमा माल्यार्पण गर्नुका साथै अमर शहिद भनेर चिनिने वीर शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठको सघंर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानको सम्झना समेत गरिएको थियो ।
माल्यापार्ण कार्यक्रममा बोल्ने नेपाली काग्रेस बैतडीका सदस्य तेजसिंह भण्डारी, एमाओवादीका धर्मसिंह ऐर( कपिल) र एमालेका पूर्व उप सचिव मोहन बरालले दशरथ चन्दको योगदान बारे चर्चा गर्नुभएको थियो ।
माल्यार्पण कार्यक्रममा बोल्ने अधिकाशं वक्ताहरु सहिद दशरथ चन्दलाई सिमित घेरामा बाध्न खोजेको आरोप लगाएका थिए ।















प्रतिक्रिया