३० आश्विन २०८३, शुक्रबार

पाँचथरमा ट्राउट माछाको भुरा उत्पादन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rainbow-trout-1

– जङ्ग योञ्जन तामाङ
पाँचथर, १६ माघ । काँडा नरम, खान सजिलो र अत्यन्तै स्वादिलो रेन्बो ट्राउट माछाको भुरा पाँचथरमै उत्पादन गरिने भएको छ ।

अनुकुल वातावरण, सर्वसाधरणको बढ्दो आकर्षण र बजारमा माग अधिक भएकाले भुरा उत्पादन गर्न लागिएको रेन्बो ट्राउट मत्स्यपालक दीपेन्द्र आङ्बो लिम्बूले बताउनुभयो ।

उहाँका अनुसार करिब दुई हजार माउबाट भुरा उत्पादन हुनेछ ।

image of trout pondगत वैशाखमा मत्स्य अनुसन्धान महाशाखा गोदावरीबाट ६ हजार ५ सय भुरा ल्याएर जिल्लाको पौवासारताप र चिलिङदेन गाविसको सीमानामा पर्ने निबु खोलामा पोखरी निर्माण गरी मत्स्य पालन सुरु गरेका उहाँले नयाँ उत्पादन गर्ने तयारी गर्नुभएको हो ।

आवश्यक ज्ञान, सीप नहुदा निबु खोलामा करिब ४५ सय भुरा मरेका थिए । अहिले ज्ञान सीप हासिल गरेर उनी गुणस्तरीय उत्पादनमा लागेका हुन् ।

उत्पादित भुरा जिल्लासँगै पूर्वाञ्चलका विभिन्न जिल्लामा विक्री वितरण गर्ने योजना लिम्बूको छ ।

चिसो पानी नियमित बग्ने ठाउमा पालिएको माछालाई चारो आवश्यक हुन्छ । जसका लागि काठमाडौं पुग्नुपर्ने बाध्यता छ । भुरालाई एक किलोग्राम तौलसम्मको बनाउँन तीन किलोग्राम चारो चाहिने उहाँले बताउँनुभयो ।

डेढ किलोग्राम सम्म हुने माछाको तौल पूर्वाञ्चलमै पहिलो पटक आङ्बोसँगै युवा व्यवसायीहरु किरण श्रेष्ठ, भेषराज थापा, सुजन नेम्बाङ, टिका श्रेष्ठ र विक्रम साँवाले सामुहिक ट्राउट माछा पालन गरेका हुन् ।

मत्स्य अनुसन्धान महाशाखाले ट्राउट माछाका लागि अनुकुल वातावरण परीक्षण गरी अनुदान दिने गर्छ । जापानबाट भित्र्याइएको माछा नुवाकोटमा पहिलोचोटी ल्याइएको थियो ।