२ कार्तिक २०८३, सोमबार

क्षतिपूर्ति नपाएपछि परिवारले गरे सडक चक्काजाम

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

1421147327_kanchanpurमहेन्द्रनगर, माघ १६ । एक बर्ष अघि सडक दुर्घटनामा ज्यान गुमाएका छज्जु रानाका परिवारजनले क्षतीपुर्ती नदिएको भन्दै शुक्रबारदेखी कञ्चनपुरमा चक्काजाम गरेका छन् ।

गत बर्ष कृष्णपुर गाविसका ५६ बर्षिया छज्जु रानाको सडक दुर्घटनामा मृत्यु भएको थियो ।

गत बर्षको ५ पुसमा सुदुरपश्चिम यतायातको ना ४ ख २९९९ नम्बरको यात्रुबाहक बसले ठक्कर दिदाँ रानाको घटना स्थलमै ज्यान गएको थियो ।

कृष्णपुरको बंक स्थित मुक्त कमैया शिविरमा बस्दै आएका रानाका परिवार आफ्नो घरमुली गुमाएपछि आर्थिक समस्या खेपिरहेको छिमेकीहरुले  बताए ।

बिमा बाफत पाउनुपर्ने क्षतीपुर्तीका लागी पटक–पटक जिल्ला प्रशासन कार्यालय र यतायात व्यावसायीकहाँ धाउदा पनि क्षतीपूर्ती नदिएपछि बाध्य भएर सडक बन्द गरेको स्थानिय अगुवा कालुराम रानाले जानकारी दिनुभयो ।

मृतकका आफन्तले क्षतिपूर्ति नदिएको भन्दै शुक्रबारदेखि सुदूरपश्चिम यतायातका सवारी साधनहरु चल्ल दिएको छैन् ।

शनिबारदेखी सबै यतायातका साधन सडकमा चल्ल नदिने चेतावनी दिएका छन ।

आफ्नो मागलाई एक बर्ष देखी कुनै वास्ता नगरेको भन्दै आक्रोशित परिवारजनले तत्काल क्षतीपुर्ती दिन सम्बन्धीत निकायको ध्यानाकषर्ण गराउन सडकमा उत्रिन लागेका हुन् ।

घटनापछि रानाका परिवारलाई क्रिया खर्च २५ हजार मात्रै दिइएको थियो । विमा वाफत पाउने पाचँ लाख भने पाएनन् । परिवाका सदस्यहरुले सबै कागज पत्र दिएर पनि क्षतीपुर्तीको पाउनु पर्ने बाकी रकम नदिएको बताए ।

क्षतीपुर्तीको रकम नपाए सम्म सडकमा आन्दोल गरिरहने मुक्त कमैयाँहरुले जनाएका छन् । आदिवासी भएकै कारण हेपेको उनीहरुको निष्कर्ष छ ।