२ कार्तिक २०८३, सोमबार

यसबर्षको टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार श्रेष्ठलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dipendra-Shrestha

कास्की, १६ माघ । स्व टङ्कादेवी–तुलसीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार–२०७१ बाट सञ्चारकर्मी दीपेन्द्र श्रेष्ठ सम्मानित हुनुभएको छ ।

पोखरामा आज आयोजित कार्यक्रममा शिक्षाविद् जर्ज जोनले मेची–महाकाली मिडिया सोसाइटी नेपालले सञ्चालन गरेको सो पुरस्कार सञ्चारकर्मी श्रेष्ठलाई प्रदान गर्नुभयो । श्रेष्ठ लामो समयदेखि पोखराको ‘अन्नपूर्ण एफएम’मा कार्यरत हुनुहुुन्छ । उहाँलाई पत्रकारिताको माध्यमबाट समाज रुपान्तरणमा पु¥याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको छनोट समितिका संयोजक तथा नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले बताउनुभयो ।

पुरस्कारमा रु २० हजार एकसहित ताम्रपत्र छ । स्व टङ्कादेवी–तुलसीप्रसाद कोइरालाका सुपुत्र सुवर्णप्रसादले सो पुस्कार स्थापना गर्नुभएको  मेची–महाकाली मिडिया सोसाइटीका अध्यक्ष एवम् प्रेस काउन्सिल नेपालका सदस्य माधव शर्माले जानकारी दिनुभयो ।

पत्रकारितालाई आफ्नो मुख्य पेशा वनाउँदै लामो समयदेखि पत्रकारितामा संलग्न संचारकर्मीहरु मध्येवाट प्रत्येक वर्ष १ जनालाई पुरस्कृत गर्ने गरिएको छ । यसअघि उक्त पुरस्कारवाट स्व. उमादेवी, रामकृष्ण ज्ञवाली, रीता गुरुङ्ग, इश्वरी न्यौपाने र गणेश पाण्डे सम्मानित भैसकेका छन् ।