२ कार्तिक २०८३, सोमबार

१९ मुखे रुद्राक्षसहित लाखौं रुपैँया लुटपाट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनकुटा, १६ माघ । धनकुटा जितपुरमा गए राति मुकुन्डोधारी हतियारसहितको लुटेरा समूहले रु ३० लाख बरावरको लुटपाट गरेको छ ।

जितपुर–६ आन्द्रुङका नारायण भनिने शिवशङ्कर लिम्बूको घरबाट सो समूहले करिब रु तीन लाख नगद र २७ लाख बराबरको बहुमूल्य रुद्राक्ष लुटपाट गरेको हो । घरमा आमाछोरी मात्र भएका बेला १०/१२ जनाको समूहमा आएकोसमूहले पेस्तोल र खुकुरी देखाउँदै लुटपाट गरेको प्रहरीले जनाएको छ ।

रुदाक्षको व्यापार गर्दै आएका लिम्बूका घरमा रहेको दुईदेखि १९ मुखे सम्मका बहुमूल्य रुद्राक्ष लुटेराले लगेका छन् । गुहार माग्ने क्रममा लिम्बूका आमा र बहिनीलाई कुटपिट गरेर लुटेराले दुई थाना मोबाइल पनि लगेको छिमेकी युवराज पौडेलले जानकारी दिनुभयो ।

अहिले आसपासका सबै क्षेत्रमा प्रहरी परिचालन गरेर लुटेराको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।