धनकुटा, १६ माघ । समय परिवर्तन भएसंगै पैसा अत्यावश्यक वस्तु बनेको छ ।
लाऔखाऔ भन्ने उमेर पैसाकै कारण मृत्युसंग लड्न नसक्नुले मानवलाई कति पीडा होला । तर धनकुटाकी एक वालिकाले पैसा नभएर ज्यान गुमाईन् ।
सोमबार अज्ञात समूहको आक्रमणबाट टाउकोमा गम्भीर चोट लागेको अवस्थामा आफ्नै घरमा अचेत अवस्थामा भेटिएकी जितपुर–६ की ११ वर्षीया सुजाता परियारले पैसा नहुदा उपचार पाईनन् । जसले गर्दा कालले उनलाई टिपेर लग्यो ।
विराटनगरस्थित न्युरो अस्पताल पुर्याइएकी बालिकाको उपचारका लागि ९ लाख लाग्ने भएपछि रकम जम्मा गर्न नसकेर उनलाई धनकुटा जिल्ला अस्पतालमै फर्काइएको थियो ।
स्वास्थ्य अवस्था नाजुक बन्दै गएकी बालिकालाई चन्दा सङ्कलन गरेर बिहीबार पुनः उपचारका लागि विराटनगर लगिएको पनि गम्भीर चोट लागेको चार दिन बितिसक्दासम्म पनि उचित उपचार पाउन नसकेपछि उनको मृत्यु भएको हो ।
आमा घाँस काट्न गएका बेला घरमा कोही नभएको मौकामा बालिकालाई अज्ञात समूहले आक्रमण गरेका थिए ।















प्रतिक्रिया