२ कार्तिक २०८३, सोमबार

सीमा अपराध रोक्न नेपाल–भारतका अधिकारी सहमत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-India

परासी, १६ माघ । नेपाल र भारतको सीमा क्षेत्रमा हुँदै आएको आपराधिक क्रियाकलाप नियन्त्रण गर्न दुवै देशका सीमा सुरक्षाकर्मीले सहयोग गर्नेबारे नेपाल र भारतका सुरक्षा अधिकारीबीच आज सहमति भएको छ ।

नवलपरासीको सीमा नाकामा अवस्थित १ देखि १० नं दशगजा सीमा स्तम्भको अवलोकन निरीक्षणका क्रममा नेपालका तर्फबाट सशस्त्र प्रहरी बल र भारतका तर्फबाट भारतीय सीमा सुरक्षा बल (एसएसबी)का अधिकारीबीच यस्तो सहमति भएको हो । सो क्रममा सशस्त्र प्रहरीको नेतृत्व सीमा सुरक्षा बल नवलपरासीका प्रमुख शम्भु सापकोटा र एसएसबीको नेतृत्व भारत युपी असिस्टेन्ट कमान्डर आदित्य दुबेले गर्नुभएको थियो ।

नवलपरासीको सीमा नाकामा रहेको सीमा तम्भको अवस्थाबारे जानकारी लिँदै सीमा क्षेत्रमा हुँदै आएको आपराधिक क्रियाकलाप रोक्न दुवै देशका सीमा सुरक्षाकर्मीबीच सहमति भएको सशस्त्र प्रहरीले स्रोतले जनाएको छ । रासस