
काठमाडौँ, १५ माघ । ‘मन्त्रीको मान्छे हुँ’ भन्दै ठगी गर्ने दुई जना प्रहरी फन्दामा परेका छन् ।
मन्त्री तथा प्रहरीका ठूला दर्जाका अधिकृतसँग आफ्नो राम्रो सम्बन्ध रहेको भन्दै विभिन्न व्यक्तिसँग रकम असूली गर्ने सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल काठमाडौँ बौद्धमा बस्ने ३५ वर्षीय सोनाम लामा र सिन्धुपाल्चोक हगाम–६ घर भई भक्तपुर बस्ने ३४ वर्षीय रविन भनिने रवि तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले एक व्यक्तिको जग्गासम्बन्धी मुद्दा मिलाइदिने भनी दुईपटक गरी दुई लाख ९० हजार लिएको र अन्यसँग पनि रकम उठाएको प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले जनाएको छ ।
पीडितसँग प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) र मन्त्रीसमेतलाई भनसुन गरिदिने र सो काम गरिदिएबापत सिआईवी र मन्त्रीलाई केही रकमसमेत दिनुपर्ने भनी रकम उठाउने गरेको व्युरोले जनाएको छ ।















प्रतिक्रिया