२ कार्तिक २०८३, सोमबार

ट्युबमा तर्नेलाई लाइफ ज्याकेट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

life-jacketगजुरी (धादिङ), १५ माघ । जोखिमपूर्ण ट्युबमा बसेर त्रिशूली नदी तर्दै दिनहुँ विद्यालय जाने गोरखा भुम्लिचोक–८ हुयलिङ्बेंसीका दुई छात्रालाई ‘लाइफ ज्याकेट’ दिइएको छ ।
अमेरिकाको टेक्सास राज्यस्थित डल्लासमा बस्दै आएकी काठमाडौंकी महालक्ष्मी महतले ट्युब पल्टिँदा आउन सक्ने जोखिमबाट बचाउन आफूले दुई ज्याकेट उपलव्ध गराएको बताउनुभयो ।
तुइन र झोलुङ्गे पुल नजिक नहुँदा धादिङको मझिमटारमा रहेको शङ्खादेवी उमाविमा पढ्न आउँदा नियमित रुपमा बिनासुरक्षा ट्युबमा यात्रा गर्दै आएका सरिता र राममाया चेपाङलाई ज्याकेट हस्तान्तरण गरिएको हो ।
लाइफ ज्याकेट पाएपछि खुसी देखिएका उनीहरुले अब ट्युब पल्टिए पनि आफूहरु जोगिन सक्ने बताउँदै तर आफूहरुले यसरी नियमित रुपमा त्रिशूलीमा हेलिनुपर्ने समस्याबाट मुक्त हुन चाहेको जानकारी दिए । “हामीलाई त भयो, हाम्रा परिवार र गाउँका मानिस पनि यसैगरी हिँड्नुपर्ने भएकाले झोलुङ्गे पुल भइ दिए सबैको समस्या समाधान हुने थियो ”राममायाले भनिन् ।
हाल जोखिम बहन गरेर नदी वारपार गर्ने चार घर भए पनि सो स्थानमा पुल निर्माण गर्न सकिए दुई सय घरपरिवारले लाभ लिन सक्ने नेपाल चेपाङ सङ्घका केन्द्रीय सदस्य तिलक चेपाङ बताउनुहुन्छ ।