२९ आश्विन २०८३, बिहिबार

एसपिए कप क्रिकेटको तयारी पूरा, १६ टिमको सहभागिता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

spa-cupधनगढी, १५ माघ । देशकै सर्वाधिक धनराशिको होटल डिभोटी एसपिए कप क्रिकेट २०१५ को तयारी पूरा भएको छ ।

शुक्रबार (भोली)बाट धनगढीको सेती अञ्चल प्रहरी कार्यालय धनगढीको मैदानमा सुरु हुने प्रतियोगिताको आवश्यक सम्पूर्ण तयारी पूरा भएको आयोजक सुदूरपश्चिमाञ्चल एकेडेमीको पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक सुवास शाहीले प्रतियोगिताको जानकारी दिनुभयो ।

प्रतियोगिताको आयोजनास्थल सेती अञ्चल प्रहरी कार्यालय धनगढीको मैदानलाई झकिझकाउ पारिएको छ । प्रतियोगिताका लागि सहभागी हुने टोलीका खेलाडी, प्राविधिक टोली धनगढी आउने क्रम सुरु भएको छ ।

देशभरिबाट विभिन्न १६ क्रिकेट टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा विजेता टोलीले एसपिए कपसहित रु पाँच लाख तथा उपविजेताले रु दुई लाख पुरस्कार पाउने बताइएको छ ।

नेपाली राष्ट्रि क्रिकेट टिमका प्रशिक्षक पुबुदु दसानायके पनि धनगढी आउने कार्यक्रम छ । प्रतियोगिताको सिँचाई मन्त्री नारायणप्रकाश साउदले उद्घाटन गर्ने छन् ।