२९ आश्विन २०८३, बिहिबार

नेपाली क्रिकेटमा ऐतिहासिक सफलता, नेपाल विश्वकपमा छानियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cricket_nepal

कमलराज भट्ट 

काठमाडौं, १४ माघ । नेपाली क्रिकेट टोलीले इतिहासिक सफलता हात पारेको छ । नेपाली क्रिकेट टोलीले विश्वकप क्रिकेटमा खेल्न पाउने अवसर पाएको हो ।

आइसीसीले जनाए अनुसार, डिभिजन–१ को आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपका लागि नेपाल छानिएको हो । नामाबियामा भएको डिभिजन–२ मा चौथो भएपनि राम्रो प्रदर्शन गरेको भन्दै आइसीसीले नेपाललाई वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप खेलाउने निर्णय गरेको छ । बुधबार सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसी बोर्डको बैठक अनुसार, नेपाल र केन्या वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाउने भएका छन् ।

आईसीसीको निर्णयले डिभिजन वानको शीर्ष स्थानमा रहेका अफगानिस्तान र आयरल्याण्ड सन् २०१९ मा हुने विश्वकपको र्‍याङ्किङ सिस्टममा छनोट भएका छन् । सन् २०१७ को सेप्टेम्बरमा आयोजना हुने वन डेका शीर्ष आठ टीमले र्‍याङ्किङबाट विश्वकपमा पुग्ने छन् । अन्तिमका चार टीमले विश्वकप छनोटका लागि भिड्ने आइसीसीले निर्णय गरेको छ ।

नेपालले खेल्न लागेको वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अफगानिस्तान र आयरल्याण्डले खेल्ने छैनन् । अफगानिस्तान र आयरल्याण्डले नखेलेपछि उक्त स्थानमा डिभिजन–२ को तेस्रो केन्या र चौथो नेपालले ठाउँ पाएका हुन् ।

उपाधिका लागि हङकङ, नामिबिया, नेदरल्याण्ड, पपुवा न्यूगिनी, स्कटल्याण्ड र युएईसँग नेपाल र केन्याले दुई वर्षको वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपमा प्रत्येक टिमसँग दुई–दुई खेल खेल्नेछन् ।

नेपालले डिभिजन–१ मा ठाउँ बनाउन नसक्दा चार दिवसीय प्रथम श्रेणीको आईसीसी इन्टरकन्टिनेन्टल कपबाट वञ्चित हुदै वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपमै सीमित भएको हो । वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपको उपाधि जितेमा विश्वकप क्रिकेट खेल्ने मौका नेपाली टिमको हातमा आउनेछ । शीर्षस्थानका टिम अफगानिस्तान र आयरल्याण्डले मात्रै इन्टरकन्टिनेन्टल कप खेल्नेछ । आइसीसीले छनोट गरेपछि नेपाली क्रिकेट राष्ट्रिय टिमका कप्तान पारस खड्काले खुशी व्यक्त गरेका छन् । ‘आइसीसीले हामीलाई विश्वास गरेर छनोट गरेको छ,’ उनले भने, ‘अब हामीले प्रतियोगितामा उत्कृष्ठ प्रदर्शन गर्नेछौं, त्यसका लागि तयारी लाग्छौं ।’