२ कार्तिक २०८३, सोमबार

पहाड र तराईलाई विभाजन गर्न दिदैनौंः एमाले नेता अधिकारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bharat_mohan_adhikari_20110501030306नुवाकोट, १४ माघ । एमाओवादी लगायतको मोर्चाको माग अनुसार जातीय सङघीयताले देश द्वन्द्वमा जाने नेकपा (एमाले)का नेता भरतमोहन अधिकारी बताउनुभएको छ ।

पहाड र तराईलाई छुट्याएर देशमा द्वन्द्व बढ्ने भन्दै जातीय आधारको सङ्घीयतामा जान नसकिने समेत उहाँले प्रष्ट पार्नुभयो ।

नुवाकोटको खानीगाउँ गाविस–८ को महालक्ष्मी प्राविमा भरतप्रसाद लामिछाने स्मृति प्रतिष्ठानको तेस्रो वार्षिक कार्यक्रमको बुधबार उद्घाटन गर्दे नेता अधिकारीले पहाड र तराईलाई विभाजन गरी विखण्डन ल्याउन एमालेले नदिने बताउनुभयो ।

उहाँले नयाँ संविधानमा सबै जातिलाई समेटेर लैजान एमाले तयार छ भन्नुभयो ।