२ कार्तिक २०८३, सोमबार

संविधान निर्माण प्रक्रियामा नआए एमाओवादी र मधेशवादी समाप्त हुन्छन्: नेपाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madhav-Nepal

काठमाडौँ, १४ माघ । नेकपा एमालेका नेता माधवकुमार नेपालले संविधान निर्माण प्रक्रियामा नआए बिपक्षी दलहरुको राजनीतिक अस्तित्व समाप्त हुने बताउनुभएको छ ।

विपक्षी एमाओवादी र मधेश केन्द्रित दललाई कटाक्ष गर्दै उहाँले प्रक्रियामा नआए उनीहरूको राजनीतिक अस्तित्व नै समाप्त हुने दाबी गर्नुभएको हो ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, मधेसी विद्यार्थी केन्द्रीय सम्पर्क कमिटीको चौथो राष्ट्रिय सम्मेलनमा उहाँले अब प्रक्रियाबाट कुनै पनि हालतमा पछि नहट्ने बताउनुभयो । प्रक्रियाबाट पछाडि हटे विधिको शासनकै अपमान हुने उहाँको तर्क छ ।

नेता नेपालले मधेसी विद्यार्थीले पार्टीको सङ्गठन विस्तारमा योगदान पुर्‍याए जस्तै मधेसमा व्याप्त विभेद र दाइजो प्रथा अन्त्यका लागि पनि उनीहरु क्रियाशील हुनुपर्ने बताउनुभयो ।

सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले विभिन्न मधेस केन्द्रित दललगायतले मधेसमा उठाएका जातीय तथा क्षेत्रीय मुद्दा मधेसी जनताको हितमा नरहेको बताउनुभयो । अब मधेसी विद्यार्थीले त्यस्ता भ्रम अन्त्य गर्न ठोस कार्यक्रम लिएर स्थानीय जनतासम्म पुग्नुपर्ने मन्त्री पण्डितको सुझाव थियो ।

एमाले नेता नगेन्द्र चौधरी र डा वशीधर मिश्रले विगतमा जनताले गरेका सङ्घर्ष तथा आन्दोलनको उपलब्धिलाई रक्षा गर्न चाँडो संविधान जारी गर्नुपर्ने बताउनुभयो ।

अनेरास्ववियुका अध्यक्ष किशोरविक्रम मल्लले तराई, पहाड र हिमाल नछुट्टिने गरी सङ्घीयता बनाउनुपर्ने बताउनुभयो ।