२ कार्तिक २०८३, सोमबार

ब्रिकेट बालेर सुत्दा एक पर्यटकको मृत्यु, अर्की घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, १४ माघ । ललितपुरमा ब्रिकेट बालेर सुत्दा एक मलेसियाली महिलाको मृत्युु भएको छ भने अर्की एक घाइते भएकी छन् ।

गत माघ ११ गते राति सैँबु गाविसमा अमित राजकर्णिकारको घरमा ब्रिकेट बालेर सुत्दा मलेसियाली नागरिक आना र ज्याक्लिन बिहान अचेत अवस्थामा रहेका र उनीहरूलाई उपचार गर्न थापाथलीस्थित नर्भिक अस्पतालमा ल्याइएको थियो ।अठार वर्षीया ज्याक्लिनको उपचारका क्रममा मङ्गलबार मृत्यु भएको छ भने घाइते अर्की नागरिक ४० वर्षीया आनाको उपचार भइरहेको र अवस्था सुधारात्मक रहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी प्रवक्ता पवन गिरीले जानकारी दिनुभयो ।

प्रवक्ता गिरीका अनुसार दुवै विदेशी नागरिक अमित राजकर्णिकारका साथी हुन् । उनीहरु दुवैजना नेपालमा ग्रामीण विकास विषयका स्वयम्सेविकाका रुपमा काम गरिरहेका थिए । उनीहरूको पासपोर्ट नम्बर आनाको ए२३४५१७४६ र ज्याक्लिनको ए३३४७०३३६ रहेको छ । रासस