२९ आश्विन २०८३, बिहिबार

रेडबुल लिगमा न्यु डाँफेले कप उचाल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

footballनेपालगन्ज, १४ माघ । बाँके जिल्ला क्लबस्तरीय रेडबुल लिग फुटबल प्रतियोगिता २०७१ को कप न्यु डाँफे क्लबले उचालेको छ ।

मङ्गलबार भएको फाइनल खेलमा न्यु डाँफेले रेसिङ्गा क्लबलाई एकका विरुद्ध दुई गोलले पराजित गरेको हो । प्रतियोगितामा डाँफेका तर्फबाट प्रकाश परियारले दुई तथा रेसिङ्गाका तर्फबाट गम्भीर थापाले एक गोल गरेका थिए ।

सो फुटबल प्रतियोगितामा विजेतालाई रु १० हजारसहित कप तथा प्रमाणपत्र र उपविजेता टिमलाई रु पाँच हजार नगदसहित कप तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगिता समापन समारोहमा खेलकुदको विकासमा उल्लेख्य योगदान पुर्याउने पूर्व राष्ट्रिय खेलाडी श्याम श्रेष्ठ, लालबहादुर थापा र कृष्णकुमार वर्मालाई सम्मानपत्र प्रदान गरिएको थियो ।

नेपाली सेनाका महासेनानी मीनध्वज खड्का, प्रहरी उपरीक्षक जगतमान श्रेष्ठ, जिल्ला फुटबल सङ्घका अध्यक्ष भोजराज शाही, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य झलक गैरे, पूर्व जिल्ला अध्यक्ष नीरज गौतमले टिम तथा खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।