काठमाडौं, १४ माघ । एकीकृत नेकपा माओवादीले संसदीय दलको बैठक बोलाएको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बस्ने बैठकमा माघ ८ गतेपछिको राजनीतिक अवस्था र भावी आन्दोलनका विषयमा छलफल हुने प्रमुख सचेतक गिरिराज मणि पोखरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार, एमाओवादीले सभासद्हरुलाई सडक र सदनमा उतार्ने बारे रणनीति बनाउनेछ ।
















प्रतिक्रिया