२ कार्तिक २०८३, सोमबार

अमेरिकामा आत्महत्या गरेका नेविसंघका नेताको स्मृतिमा छात्रवृत्ति कोष

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bishnu-Hari-Bhandari

काठमाडौँ, १३ माघ । अमेरिकामा आत्महत्या गरेका नेपाल विद्यार्थी संघका नेता विष्णुहरि भण्डारीको नाममा छात्रवृत्ति स्थापना गरिने भएको छ ।

स्व भण्डारीको १३ औँ पुण्यतिथिका अवसरमा ग्रामीण आदर्श बहुमुखी क्याम्पस, नेपालटारमा आयोजित शोकसभामा नेविंघ ग्रामीण आदर्श क्याम्पसका अध्यक्ष सुशील भट्टले ‘विष्णुहरि भण्डारी स्मृति छात्रवृत्ति कोष’ स्थापना गर्ने लागिएको जानकारी दिनुभयो । भण्डारी दुई वर्षदेखि अमेरिकामा सपरिवार बस्दै आउनुभएको थियो ।

शोकसभामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले भण्डारीको निधनका कारण विद्यार्थी आन्दोलन र लोकतन्त्रको संस्थागत विकासमा क्षति पुगेको बताउनुभयो ।

काँग्रेसका सभासद् जगदीश्वरनरसिंह केसीले भण्डारीको निधनले नुवाकोट मात्रै नभएर सिङ्गो देशलाई दुःखी बनाएको बताउनुभयो । नेविसङ्घका नेता कुन्दनराज काफ्लेले भण्डारीको निधनले विद्यार्थी राजनीति शोकमा डुबेको भन्दै शोकलाई शक्तिमा बदल्नुपर्ने बताउनुभयो ।