२९ आश्विन २०८३, बिहिबार

हिरोइनले गरिन आत्महत्या प्रयास

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

heroine-thapaकाठमाडौं। नेपाली चलचित्र उद्योगकी उदाउँदी हिरोइन शुभेच्छा थापाले आत्महत्याको प्रयास गरेकी छन् ।

आफ्नो जीवनमा लागेका बिभिन्न आरोपको खण्डन गर्न नसकेर हिरोइन थापाले आत्महत्याको प्रयास गरेकी हुन । सामान्य मान्छेको जीवनमा त विभिन्न उतार चढावहरु आउँछन, सामाजिक व्यक्तिको जीवनमा त झन धेरै आउँनेनै भए । नायिका थापाको आत्महत्याको प्रयास यहि जीवनका उतार चढावलाई स्वीकार गर्न नसक्नुको परिणाम भन्ने बुझिएको छ । नायिका थापाको आत्महत्या प्रयासको कुरालाई लिएर उनको आलोचना समेत भएको छ ।

तर, उनको आत्महत्याको यो प्रयास र प्रयासपछिको आलोचना रियल लाइफमा नभई माघ १६ बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘टाइगर द रियल हिरो’ भित्र समेटिएको कथा हो ।

निर्देशक राजु गिरीको निर्देशनमा तयार पारिएको यो चलचित्र आगामी माघ १६ गतेबाट देशभरी एकसाथ रिलिज हुँदैछ । चलचित्रले कस्तो कथाबस्तु बोकेको छ र के काण्डमा नायिका थापाले आत्महत्याको प्रयास गरेकी छन् त्यो जान्न भने आगामी माघ १६ मा हलभित्र छिर्नुपर्छ ।

नायिका थापाले पछिल्लो समय उत्तेजक सिन पनि दिने गरेकी छिन् । अहिलेको चल्तीका नायिका मध्ये थापाको नाम पनि अग्रस्थानमै छ ।